logo/flagg nepal_r5wqnap.gif
logo/flagg nepal_r5wqnap.gif

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा द्वादशी - २७

परिचय

सरकारको नीति अनुरुप स्वाथ्य सेवालाई विस्तार गर्ने क्रममा जनताको आकांक्षा अनुसार स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनु पर्ने मान्यता बमोजिम स्वास्थ्य सेवामा प्रत्येक नागरिकको सर्वव्यापी पहुँच पुर्याउनको लागि स्वास्थ्य संस्था स्थापना र विस्तार गर्ने क्रममा वि.सं. २०५१ सालमा मेहलकुना स्वास्थ्य चौकीको स्तर वृद्धी गरेर मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति गरियो । त्यसै गरि वि.सं.२०६८ सालमा मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको मेहलकुना अस्पतालको रुपमा विकास गरियो भने जनताको आवश्यकता, भूगोल, अस्पतालको Catchment Area, गुणस्तरीय सेवा लगायतका विषयलाई सम्बोधन हुने गरि वि.सं. २०७१ सालमा १५ शैयाको मेहलकुना अस्पताललाई ५० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरियो । मेहलकुना अस्पताल ५० शैयाको भएता पनि अस्पतालमा भवनको कमीले गर्दा हाल अस्पतालमा २५ शैया मात्र संचालनमा रहेको छ ।

अस्पतालको स्तरोन्नति संगसंगै बिरामीको चाप बढ्दै गएकाले अहिलेको अस्पताल भवन तथा कर्मचारी आवास नपुग भएको हुँदा अस्पतालको नयाँ भवन तथा कर्मचारी आवास वि.सं. २०७४ साल माघ महिनादेखि निर्माणाधीन अवस्थामा छ । ५० शैयाको अस्पतालको रुपमा स्तरोन्नति भएसंगै बहिरंग र आकस्मिक सेवामा मात्र सिमित रहेको अस्पतालले अन्तरंग सेवाको पनि सुरुवात गरेको छ । त्यस्तै सर्जरी सेवा, ४००MA र १०० MA को डिजिटल एक्स-रे सेवा, फार्मेसी सेवा, आधुनिक स्वास्थ्य प्रयोगशाला सेवा, दन्त सेवा,शल्यक्रिया सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका विभिन्न प्रतिकारात्मक, उपचारात्मक तथा निदानात्मक सेवाहरु सुरु गरेको छ .